२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपक्षीको विरोधलाई रास्वपा सांसद खरेलले ‘तमासा’ भनेपछि संसदमा तनाव

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले जारी राखेको विरोधलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले ‘तमासा’ भनी टिप्पणी गरेपछि संसद् वातावरण केहीबेर तनावपूर्ण बनेको छ।

प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले निरन्तर अवरोध गरिरहेकै अवस्थामा कार्यसूचीअनुसार पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिन रोष्ट्रम पुगेका सांसद खरेलले आफ्नो धारणा राख्ने क्रममा विपक्षीप्रति कडा टिप्पणी गरेपछि सदनमा थप आक्रोश बढेको थियो।

उनको अभिव्यक्तिपछि विपक्षी सांसदहरू आक्रोशित हुँदै उठेपछि सभामुखको आसन नजिकसम्म स्थिति तनावपूर्ण बनेको जनाइएको छ। त्यस क्रममा प्रमुख सचेतक बासना थापाले केही सांसदलाई सम्हाल्दै पछाडि फर्काएकी थिइन्।

सभामुख डोलप्रसाद अर्यालले पटक-पटक मर्यादित भाषा प्रयोग गर्न आग्रह गर्दै संसद् सञ्चालनका क्रममा संयमता अपनाउन निर्देशन दिएका थिए। विगतका केही बैठकमा पनि अमर्यादित अभिव्यक्तिका कारण संसदीय रेकर्डबाट केही शब्द हटाइएको प्रसंगसमेत उल्लेख गरिएको छ।

सांसद खरेलले संसद् सञ्चालन शैलीप्रति टिप्पणी गर्दै कानुन निर्माण प्रक्रियामा देखिएको ढिलाइ र संसद्को कार्यक्षमताबारे प्रश्न उठाएका थिए। उनले प्रधानमन्त्रीको उपस्थितिको विषयलाई कारण बनाएर विधेयक प्रक्रिया अवरुद्ध गर्नु उचित नभएको तर्क राखेका थिए।

उनको अभिव्यक्तिपछि विपक्षी दलहरूको विरोध झन् चर्किएपछि सभामुखले अवस्था नियन्त्रणका लागि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

0 Comments