२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण एसियामा वनः नेपाल दोस्रो स्थानमा

अ+ अ-

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये सबैभन्दा बढी वन क्षेत्र भुटानमा छ भने दोस्रो स्थानमा नेपाल रहेको छ ।

बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार भुटानमा ६९ दशमलव ७१ प्रतिशत, नेपालमा ४६ दशमलव शून्य आठ, श्रीलंका ३४ दशमलव एक, चीन २२ दशमलव ९६, भारत २१ दशमलव ७१, बंगलादेशमा १२ दशमलव आठ, पाकिस्तान चार दशमलव आठ, माल्दिभ्समा दुई दशमलव सात र अफगानिस्तानमा एक दशमलव नौ प्रतिशत वन क्षेत्र छ । विश्वको कूल भूभागको ३२ प्रतिशत भूभाग वनले ढाकेको छ ।

सन् २०२४ मा नेपालको वन क्षेत्र कूल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत थियो । यसमध्ये कूल भू–भागको ४३ दशमलव ३८ प्रतिशत वन र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको छ । सन् १९९० को दशकमा नेपालमा ३९ दशमलव छ प्रतिशत वन क्षेत्र रहेकोमा सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत र सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो ।

देशको कूल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किमी संरक्षित क्षेत्रका रूपमा छ । यो कूल भू–भागको २३ दशमलव चार प्रतिशत हो । साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

यसैगरी गत फागुनसम्म मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन् भने यस्तो क्षेत्रले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ । त्यसैगरी ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ ।

गत फागुनसम्म २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्रको व्यवस्थापन भएको छ । साथै ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

0 Comments