२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्याको बोर्डिङ विद्यालयमा आगलागी, १६ विद्यार्थीको मृत्यु

अ+ अ-

काठमाडौँ । केन्यामा एक बोर्डिङ विद्यालयमा भएको आगलागीमा १६ जना विद्यार्थीको ज्यान गएको छ भने ७४ जना घाइते भएका छन्।

राजधानी नैरोबीबाट करिब १२० किलोमिटर पश्चिममा रहेको गिलगिल क्षेत्रस्थित उतुमिसी गर्ल्स स्कुलमा बिहीबार बिहान आगलागी भएको हो। घटनाका बेला विद्यार्थीहरू छात्रावासमा सुतिरहेको जनाइएको छ।

प्रहरी र उद्धार निकायका अनुसार घाइते विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घटनापछि उद्धार तथा राहत कार्य जारी राखिएको बताइएको छ।

आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। केन्या रेडक्रसका आपत्कालीन टोली घटनास्थलमा परिचालित रहेका छन्।

घटनापछि विद्यालय बाहिर अभिभावक तथा स्थानीयवासीको भीड लागेको थियो। प्रहरी अधिकारीहरूले घटनालाई अत्यन्त दुःखद भन्दै प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

केन्याका बोर्डिङ विद्यालयहरूमा यसअघि पनि यस्ता आगलागीका घटना हुँदै आएका छन्। छात्रावासमा अत्यधिक विद्यार्थी संख्या र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नहुँदा यस्ता घटनामा बढी मानवीय क्षति हुने गरेको बताइन्छ।

0 Comments