२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरद्वारा आयोजित बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा रहेका छन् । 

कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्‍यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको खेलमा पाँच देशका २२६ सहभागी रहेको बताइएको छ ।  

धर्म पथमा रहेको सांस्कृतिक द्य: छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाइराख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताए। वडाले विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।

खेल, स्वीस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले नौ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अंक प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ । यसमध्ये शुक्रबारसम्ममा पाँच चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सिएम भगवतीप्रसाद शर्मा र दीपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहेको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर)ज्ञानेन्द्र खाइजुले जानकारी र्दिए । खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अंक प्राप्त हुनेछ । 

प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका  एक जना गरी २२६ जना खेलाडी सहभागी छन् । नेपालका ४८ जिल्लाबाट खेलाडी सहभागी भएका छन्। उमेरका हिसाबले नौ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धामा १५ जना महिला छन् । 

काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आएका खेलाडीलाई वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको छ ।

0 Comments