२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय कर्मचारीको सेवा-सुविधा वृद्धि गर्न सरकारसँग पुनः माग

अ+ अ-

काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारीको सेवा-सुविधासम्बन्धी व्यवस्थामा पुनः विचार गर्न आग्रह गरेको छ।

परिषद्ले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको तलब संरचना, स्थायित्व र सामाजिक सुरक्षासम्बन्धी विषय स्पष्ट रूपमा समावेश हुनुपर्ने आवश्यकता औँल्याइएको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिराम योगी द्वारा जारी विज्ञप्तिमा लामो समयदेखि आफ्ना मागहरू सम्बन्धित निकायसमक्ष निरन्तर उठाइँदै आए पनि ठोस सम्बोधन नपाएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार परिषद्ले शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, राजनीतिक नेतृत्व तथा सरकारका सम्बन्धित निकायहरूसँग पटक-पटक छलफल र ध्यानाकर्षण गराउँदै आएको भए पनि अपेक्षित नतिजा नआएको जनाएको छ।

आगामी बजेट छलफल र पारित गर्ने चरणमै विद्यालय कर्मचारीको तलब, स्थायित्व, सामाजिक सुरक्षा तथा सेवा सुविधासम्बन्धी विषयलाई स्पष्ट रूपमा समेटिनुपर्ने परिषद्को आग्रह छ।

परिषद्को विवरणअनुसार देशभरका २७ हजार १० सामुदायिक विद्यालयमा कार्यरत ३० हजार ३४६ कर्मचारी रहेका छन्। तीमध्ये ७ हजार ६२३ विद्यालय सहायक र २२ हजार ७२३ विद्यालय सहयोगी कार्यरत रहेको जनाइएको छ।

0 Comments