२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट मात्र आर्थिक वृद्धिको एक मात्र आधार नभएको अर्थमन्त्री वाग्लेको स्पष्टोक्ति

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटलाई मात्र आधार मानेर आर्थिक वृद्धिदर हासिल हुने भन्ने धारणा सही नभएको स्पष्ट पारेका छन्। उनका अनुसार समग्र अर्थतन्त्रको विस्तारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइएको हो।

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको अर्थतन्त्रको आकार करिब ७० खर्ब रुपैयाँ रहेको उल्लेख गर्दै विकासको लक्ष्य केवल बजेट खर्चसँग मात्र सीमित नरहेको बताए। सरकारले अर्थतन्त्रलाई समग्र रूपमा विस्तार गर्ने रणनीतिमा ध्यान केन्द्रित गरेको उनले स्पष्ट पारे।

उनले २० खर्ब रुपैयाँको बजेट कार्यान्वयनबाट मात्र ७ प्रतिशत आर्थिक वृद्धि सुनिश्चित हुने बुझाइ गलत रहेको भन्दै यस्तो भ्रमबाट बाहिर आउनुपर्ने आवश्यकता औँल्याए। आर्थिक विस्तार बहु आयामिक प्रक्रिया भएको उनको भनाइ थियो।

मन्त्री वाग्लेले पूर्वाधार, ऊर्जा, शान्ति-सुरक्षा तथा न्याय प्रणालीजस्ता आधारभूत संरचनाको सुदृढीकरणले निजी क्षेत्रको विश्वास बढाउने र त्यसले लगानी विस्तार तथा आर्थिक गतिविधिमा तीव्रता ल्याउने अपेक्षा सरकारको रहेको बताए।

उनका अनुसार आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई करिब ७० खर्बबाट विस्तार गरी १०० खर्ब हुँदै १५० खर्ब रुपैयाँसम्म पुर्‍याउने लक्ष्य लिइएको छ। यसमा सरकारी लगानी सहयोगी भूमिकामा रहने उनले प्रस्ट पारे।

मन्त्री वाग्लेले राज्य सबै क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न हुने परम्परागत मोडलभन्दा बाहिर निस्कँदै नियामक र सक्षम राज्यको अवधारणालाई प्राथमिकता दिइएको पनि बताए।

0 Comments