२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन, प्रदर्शनी मार्ग क्षेत्रमा तनाव

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालसँग आबद्ध विद्यार्थीहरूले आइतबार साँझ रत्न राज्यलक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको संसदमा व्यक्त गरेको सीमा सम्बन्धी भनाइप्रति असहमति जनाउँदै नाराबाजी गरेका थिए।

प्रदर्शन रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु भई प्रदर्शनी मार्ग क्षेत्रतर्फ अघि बढेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको तथा नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शी तथा सार्वजनिक भिडियोहरूमा देखिएको छ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसद आरेन राईले सोधेको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल, भ्रातृ संगठन तथा विद्यार्थी समूहहरूले त्यसप्रति प्रतिक्रिया जनाउन थालेका छन्।

प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय सीमा सम्बन्धी विषयमा भ्रम सिर्जना गरेको आरोप लगाएका थिए। यद्यपि सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले पछि विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा क्षेत्रसँग सम्बन्धित प्राविधिक यथार्थको सन्दर्भमा आएको स्पष्ट पारेको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिपछि काठमाडौँसहित विभिन्न स्थानमा विरोध कार्यक्रम आयोजना भएका छन्। प्रतिपक्षी दलका केही नेताहरूले पनि संसद तथा सार्वजनिक अभिव्यक्तिमार्फत प्रधानमन्त्रीको भनाइप्रति असहमति जनाएका छन्।

नेपाल–भारत सीमासम्बन्धी विषय पछिल्ला वर्षहरूमा लिपुलेक, लिम्पियाधुरा, कालापानी तथा सीमावर्ती दशगजा क्षेत्रका विवादसँग जोडिँदै आएको छ। सरकारले भने सीमासम्बन्धी विषयहरू कूटनीतिक संवाद र प्राविधिक संयन्त्रमार्फत समाधान गर्ने नीति दोहोर्‍याउँदै आएको छ।

0 Comments