२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची-महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

अ+ अ-

गण्डकी । मानव सेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ । 

गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानव सेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिइन् ।  

 “सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ”, उनले भनिन्, “यस अभियानका क्रममा उद्धार गरिएका सहयोगापेक्षी सडक मानवलाई नजिकको मानव सेवा आश्रममा राखिएको छ ।” ‘यो झरी वर्षामा कोही पनि नरहून् सडकमा’ भन्ने आदर्श वाक्यसहित मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरिएको थियो । 

 सडक आश्रित असहाय, बेसहारा र अशक्त व्यक्तिहरूको उद्धार तथा संरक्षणका लागि उद्धार अभियान सञ्चालन गरिएको महासचिव केसीले बताइन् । आनी छोइङ डोल्मा फाउण्डेशनले अभियानका लागि आर्थिक व्यवस्थापन गरेको उनको भनाइ छ । मानव सेवा आश्रमले यसअघि पनि राष्ट्रिय उद्धार यात्रा सञ्चालन गरेको थियो । उद्धार यात्रामा फाउन्डेसनकी अध्यक्ष आनीछोइङ डोल्मा पनि सहभागी छन् । मानव सेवाभन्दा अर्को महान् धर्म कुनै नभएकाले आफू यस अभियानमा जोडिएको डोल्माको भनाइ छ । 

जीवनलाई सार्थक बनाउन सबै सेवामा जोडिनुपर्ने उनले बताइन् । मानव सेवा आश्रमले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ । परोपकारी संस्थाका रूपमा विसं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानव सेवा आश्रम देशभर रहेका सेवा केन्द्रमा हाल दुई हजार बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरूले आश्रम लिइरहेका छन् । 

मानव सेवा आश्रम सडक आश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम पनि बनेको छ । हालसम्म दुई हजार ८०० जना भन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको आश्रमले जनाएको छ । सडकबाट उद्धार गरिएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह–कोषाध्यक्ष सुमिरा लामाले बताइन्। 

मकवानपुरको हेटौँडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएकाको पारिवारिक पुनर्मिलन सम्भव नभए आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको छ । मानव सेवा आश्रमले हजारौँको सङ्ख्यामा सडक आश्रित मानवको उद्धार गरेकामा हालसम्म दुई हजार २०० भन्दा बढी उपचारपछि स्वेच्छिक रूपमा आश्रमबाट बाहिरिएको आश्रमले जनाएको छ । 

कोही पनि नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर झण्डै एक दशकअघि मानव सेवा आश्रम स्थापना गरिएको थियो । छोटो अवधिमै देशका विभिन्न जिल्लामा आश्रममा सेवा केन्द्र विस्तार गरिएको छ । सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम सुरु भएको छ । 

गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरूको सहयोगमा आश्रमका भवन बनिरहेका हुन् । आश्रमले सडक आश्रित मानवहरूको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । ‘सबैका लागि खाना, नाना र छाना’को आदर्श वाक्यसहित नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा मानव सेवा आश्रम जुटेको छ ।

0 Comments