काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार तथा गरिबी न्यूनीकरणलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
प्रदेश सभाको सोमबार बसेको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
सरकारले प्रदेश गौरवका आयोजनालाई आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक बजेट विनियोजन गर्ने जनाएको छ।
वार्षिक-नीति-तथा-कार्यक्रम-२०८३८४.pdf drive.google.com







