काठमाडौँ । नारायणहिटी दरबारमा भएको राजपरिवार हत्याकाण्डको २५औँ वार्षिकीका अवसरमा पूर्वराजपरिवारका सदस्यहरूले स्मरण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् ।
मंगलबार नारायणहिटी दरबार परिसर पुगेर हृदयन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यहरूले चतुर्व्यूह नारायण मन्दिरमा दीप प्रज्वलन गरेका हुन् ।
कार्यक्रमका क्रममा उनीहरूले दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका दिवंगत सदस्यहरूको तस्बिर अगाडि दीप बाल्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।







