२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम संस्कृति पार्टीबाट निनाचन्द्र राई अलग, एक सयभन्दा बढीले पनि संगठन छाडेको दाबी

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङका निकट सहयोगीका रूपमा चिनिएका निनाचन्द्र राईले पार्टीसँगको आफ्नो सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्।

धरानमा आयोजित पत्रकार सम्मेलनमा राईले आफू अब श्रम संस्कृति पार्टी तथा हर्क साम्पाङसँग आबद्ध नरहेको जानकारी दिएका हुन्। उनले आफ्नो निर्णयसँगै एक सयभन्दा बढी व्यक्तिले पनि पार्टी परित्याग गरेको दाबी गरेका छन्।

हर्क साम्पाङलाई धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित गराउने अभियानमा सक्रिय भूमिका खेलेका राई पछिल्लो समय श्रम संस्कृति पार्टीमा आबद्ध थिए। उनले पार्टी प्रवेशका क्रममा आफूलाई भविष्यमा धरानको मेयर पदका लागि अघि सारिने आश्वासन दिइएको भए पनि त्यसअनुसार व्यवहार नभएको आरोप लगाए।

राईका अनुसार पार्टीमा प्रवेश गराउँदा मेयर उम्मेदवार बनाइने प्रतिबद्धता व्यक्त गरिएको थियो। तर हाल हर्क साम्पाङले आगामी स्थानीय निर्वाचनका लागि धनबहादुर राईको नाम अगाडि सारेपछि आफू असन्तुष्ट बनेको बताए।

धनबहादुर राई २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन्।

निनाचन्द्र राई हर्क साम्पाङको स्वतन्त्र उम्मेदवारीलाई सफल बनाउन सुरुदेखि नै सक्रिय थिए। यद्यपि, पार्टी गठनपश्चात् केही समय उनी औपचारिक रूपमा संगठनमा आबद्ध भएका थिएनन्। गत वैशाखमा भने उनी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।

पार्टीबाट अलग हुने निर्णय सार्वजनिक गर्दै राईले आफूलाई दिइएको राजनीतिक प्रतिबद्धता कार्यान्वयन नभएको र त्यसले आफूलाई पार्टी छाड्ने निष्कर्षमा पुर्‍याएको बताएका छन्।

0 Comments