२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर ओलीको कडा प्रतिक्रिया, संसद्‌मा प्रस्तुत भनाइप्रति आपत्ति

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहद्वारा संसद्‌मा व्यक्त गरिएको भनाइप्रति कडा आपत्ति जनाएका छन्। उनले सो अभिव्यक्तिलाई असत्य, राष्ट्रहित विपरीत र कूटनीतिक मर्यादाविपरीत भएको टिप्पणी गरेका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले नेपाल-भारत सीमा सम्बन्धी विषयमा नेपालले कुनै पनि रूपमा भारतीय भू-भाग अतिक्रमण नगरेको दाबी गरे। उनले संसद्को रोष्ट्रमबाट आएको भनिएको अभिव्यक्तिलाई जिम्मेवार पदमा बसेको व्यक्तिबाट आउन नहुने प्रकारको भएको बताए।

ओलीका अनुसार सार्वजनिक मञ्च वा संसद् जस्तो संवैधानिक स्थानबाट तथ्य विपरीत र राष्ट्रहित विरुद्धको भनाइ आउनु गम्भीर विषय हो। उनले त्यस्ता अभिव्यक्तिले मुलुकको प्रतिष्ठामा असर पार्न सक्ने भन्दै त्यसप्रति प्रश्न उठाए।

उनले सीमासम्बन्धी विषयमा तेस्रो पक्षलाई संलग्न गराउने सोच कूटनीतिक अभ्यास अनुकूल नहुने दाबी पनि गरे। उनका अनुसार छिमेकी मुलुकसँगका विषय द्विपक्षीय संवादमार्फत समाधान गर्नुपर्ने परम्परा र नीति नेपालले अपनाउँदै आएको छ।

ओलीले नेपाल कुनै व्यक्तिगत सम्पत्ति नभएको उल्लेख गर्दै देशको इतिहास र अस्तित्व कुनै व्यक्तिको जन्म वा राजनीतिक भूमिकाभन्दा धेरै पुरानो रहेको टिप्पणी गरे। साथै, यस्ता भनाइलाई समर्थन गरिनु पनि चिन्ताजनक भएको उनको भनाइ थियो।

0 Comments