२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्ति छनोट परीक्षामा ३३१ जनाको पुनर्योग गर्न निवेदन

अ+ अ-

काठमाडौँ । छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन् । 

ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुने कामपा शिक्षा विभागले जानकारी  दिएको छ । 

कामपा शिक्षा विभागले १७ गते सम्पन्न परीक्षाको १८ गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । 

यस अवधिमा विवरण सच्याउनसहित विभिन्न माग राखेर विद्यार्थीहरूले आवेदन दिएका शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए । 

खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएकामध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिएका छन् । 

यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकाले सच्याउन माग गरेको खड्काको भनाइ छ । केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन् । समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरू सम्बोधन गर्ने व्यवस्था छैन । 

विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदन अनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रूपमा पुनर्योगपछि भोलि बिहानसम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ । 

सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ । उनले भने, “हामी पुनर्योगको प्रक्रियामा छौँ । विगत वर्षहरूमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन । ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकाले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ ।”

कामपाले लिएको यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएको कामपाको भनाइ छ ।  

0 Comments