२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति लिएर मात्र अन्त:शुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

अ+ अ-

रसुवा । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले कानुन बमोजिम इजाजत लिएर मात्र मदिरा, सुर्ती, गुट्खालगायत अन्तशुल्कजन्य वस्तुको बिक्री वितरण तथा कारोबार गर्न सम्बद्ध व्यवसायीहरूसँग आग्रह गरेको छ ।

विना इजाजत मदिरा एवं सुर्तीजन्य वस्तुको कारोबार भइरहेको भन्ने जानकारी प्राप्त भएकाले कानुन विपरीत काम नगर्न अनुरोध गर्दै त्यसो गरेको पाइएमा अन्त:शुल्क ऐन बमोजिम कारबाही गरिने कोलनिकाले स्पष्ट गरेको छ ।

जिल्ला सदरमुकाम धुञ्चेसहित स्याफ्रुबेँसी, टिमुरे, थाम्बुचेत, बेत्रावती, जिबजिबे, पारच्याङलगायतका व्यापारिकस्थलका केही व्यवसायीले इजाजत पत्र नलिई कन मदिरा तथा सुर्तीजन्य वस्तुको कारोबार गरिरहेको भन्ने जानकारी प्राप्त हुनासाथ कोलनिकाले जनचेतनासहित प्रचारप्रसारको कामलाई प्राथमिकता दिएको छ ।      

प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले जिल्लास्थित उद्योग वाणिज्य संघका प्रतिनिधिसहित सम्बद्ध पेसामा आबद्ध व्यवसायीको सहभागितामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन् ।   

जिल्लास्थित प्रमुख कोष नियन्त्रक कार्कीका अनुसार हालसम्म गोसाइँकुण्ड गाउँपालिकाका ७४ जना, आमाछोदिङ्मो गाउँपालिकाका एक जना, कालिका गाउँपालिकाका २४ जना, नौकुण्ड गाउँपालिकाका चार जना तथा उत्तरगया गाउँपालिकाका छ जना व्यवसायीले मात्र अन्त:शुल्क बिक्री–वितरणको अनुमति लिएका अभिलेख छ ।

कोलिनिकाले जिल्लामा अझै पनि उल्लेख्य सङ्ख्याका व्यवसायीले इजाजत नलिई कन कारोबार गरिरहेको देखिएकाले यथासक्य छिटो इजाजत पत्र लिएरमात्र पेशाव्यवासय गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । अन्त:शुल्कको अनुमति प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय, गल्छीबाट स्थायी लेखा नम्बर (प्यान) लिएको हुनुपर्ने प्रमुख कोष नियन्त्रक कार्कीले जानकारी दिइन् । 

जिल्लास्थित कोलनिकाले  चालु आवको साउनदेखि चैत मसान्तसम्म अन्त:शुल्क शीर्षकबाट रु आठ  लाख ९९ हजार ७५० राजस्व संकलन गरेको जनाएको छ । 

0 Comments