२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय खरिद प्रणालीमा प्राविधिक समस्या, बोलपत्रको म्याद पुनः थप

अ+ अ-

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालन गर्दै आएको विद्युतीय खरिद प्रणाली (ई-जीपी प्रणाली) मा अत्यधिक प्रयोगकर्ता चापका कारण प्राविधिक समस्या देखिएपछि विभिन्न खरिद प्रक्रियाको समयसीमा थप गरिएको छ।

कार्यालयका अनुसार २०८३ जेठ १८ गतेदेखि प्रणालीमा असामान्य रूपमा प्रयोगकर्ता संख्या बढ्दा सेवामा पहुँचसम्बन्धी समस्या उत्पन्न भएको थियो। सोही कारण विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को व्यवस्था बमोजिम यसअघि जेठ २० र २१ गतेसम्मका लागि म्याद थप गरिएको थियो।

तर प्रणालीमा निरन्तर उच्च चाप कायम रहँदा थप प्राविधिक जटिलता देखिएपछि म्याद समाप्त हुन बाँकी रहेका सम्पूर्ण बोलपत्र, आशय पत्र तथा सिलबन्दी दरभाउ पत्रको समयसीमा पुनः समायोजन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ।

कार्यालयको २०८३ जेठ २० गतेको निर्णयअनुसार जेठ २० गते समाप्त हुने म्याद भएका खरिद प्रक्रियाहरूको अन्तिम समय जेठ २१ गते दिउँसो १२ बजेसम्म कायम गरिएको छ। यस्ता प्रस्तावहरू खोल्ने कार्य भने सोही दिन दिउँसो १ बजे गरिनेछ।

त्यस्तै, जेठ २१ गते म्याद समाप्त हुने बोलपत्र, आशय पत्र तथा सिलबन्दी दरभाउ पत्रहरूको समयसीमा जेठ २२ गते दिउँसो १२ बजेसम्म कायम गरिएको छ। ती प्रस्तावहरू जेठ २२ गते नै दिउँसो १ बजे खोलिने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।

प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राही तथा सार्वजनिक निकायहरूलाई पर्न गएको असुविधालाई ध्यानमा राख्दै समयसीमा पुनः निर्धारण गरिएको कार्यालयको सूचनामा उल्लेख छ। सम्बन्धित निकाय तथा बोलपत्रदाताहरूलाई संशोधित तालिकाअनुसार आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।

0 Comments