२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च प्रविधियुक्त ओपिडी सेवाका लागि कापमाद्वारा शिक्षण अस्पताललाई १ करोड ७० लाख बराबरका उपकरण प्रदान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपिडी सेवालाई बिरामी मैत्री बनाउन १ करोड ७० लाख रुपैयाँ बराबरका प्रविधि, साधन तथा उपकरण हस्तान्तरण गरेको छ । आज अस्पतालमा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अस्पतालका प्रमुख प्रा. डा. सुवास आचार्यलाई हस्तान्तरण गरेकी हुन्

यसरी प्रदान गरिएका प्रविधि, साधन तथा उपकरणहरूमा शुल्क भुक्तानी गर्न सकिने, रिपोर्ट बिरामी आफैँले प्रिन्ट गर्न सक्ने, उपचारका लागि घरबाटै पैसा डिपोजिट गर्न सकिने सुविधा भएका १६ वटा इन्टर्‍याक्टिभ किओक्स मेसिन, रिपोर्ट तथा परीक्षण लगायत उपचारसँग सम्बन्धित सबै विवरण एकै ठाउँमा हेर्न सकिने ६५ वटा अल इन वन डेक्सटप छन् । यस्तै चुस्त सेवाका लागि सर्भर र र्‍यामको क्षमता वृद्धि गरिएको छ । यसरी प्रदान गरिएको प्रविधि, साधन र उपकरणहरू सार्वजनिक खरी प्रक्रियाबाट १ करोड ७० लाख १६ हजार ६७० रुपियाँमा प्राप्त भएका हुन् ।

उपकरण हस्तान्तरण गर्दै कार्यवाहक प्रमुख डंगोलले, सरकारी अस्पतालहरूमा उपचार गराउन घण्टौँसम्म लाइन बसिरहनु पर्ने, पैसा तिर्न लामो लाइनमा बसेर समय खर्च गर्नु पर्ने अवस्था अन्त्य गरेर नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच बढाउन अस्पताललाई सहयोग गरिएको बताइन् । ‘बिरामी र बिरामीका आफन्तलाई त्यत्तिकै पनि पीडा भइरहेको हुन्छ । उनीहरूलाई उपचार गराउने क्रममा झन् पीडा र सकस नहोस् । पैसा तिर्न र ओपिडीको टिकट काट्न घण्टौँ लाइनमा बस्नु नपरोस् । यसलाई प्रविधिको प्रयोगबाट सुधार गर्न सम्भव छ । यसका लागि हामीले सहयोग गरेका हौँ ।’

उनले थप्दै भनिन्, ‘हामीले उपलब्ध गराएको सहयोगबाट सर्वसाधारणलाई सेवा लिन सहज हुनेछ । यस कारण अस्पतालसँगको सहकार्यलाई हामीले विशेष मानेका छौँ । हामीले आजको दिनलाई विशेष ठानेका छौँ ।’ महानगरपालिकाको संस्थागत जगको कुरा गर्दै उनले, सहर सफा गर्ने दायित्व दिएर स्थापना गरिएको अड्डा अहिले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण, आर्थिक तथा सामाजिक विकास, सम्पदा तथा पर्यटनसहित नागरिकसँग जोडिएका सबै सेवा प्रदान गर्ने स्थानमा पुगेको बताउँदै अस्पतालसँगको सहकार्यमा टोली सर्भिस सञ्चालन गर्न सकिने बताइन् । ‘स्थानीय सरकारका हैसियतले महानगरपालिका हरेक नागरिकसँग जोडिएका सवालमा संवेदनशील छ । नागरिकका आवश्यकतालाई महसुस गरेर काम सम्पादन गर्छ ।’ उनले बताइन् ।

त्यस क्रममा अस्पतालका प्रमुख प्रा. डा. आचार्यले महानगरपालिकाबाट प्रदान गरिएको प्रविधि, जडान गरिएका साधन तथा उपकरणको प्रयोगका विषयमा प्रस्तुतीकरण गर्दै बिरामी मैत्री सेवा व्यवस्थापनमा महानगरपालिकाबाट प्राप्त सहयोगले रूपान्तरण गर्न सम्भव भएको उल्लेख गरे। ‘पहिलो चरणको सहयोगबाट महसुस गर्न सकिने सेवा दिन सकिएको छ । दोस्रो चरणमा पनि सहयोग हुने अपेक्षा गरेका छौँ । यसपछि अस्पतालबाट प्रदान गरिने क्यान्सर उपचारका अधिकांश सेवालाई पेपरलेस र फेसलेस बनाउन सकिन्छ ।’

कार्यक्रममा अस्पतालका उपनिर्देशक प्रा. डा. पवनराज चालिसे र प्रा. डा. गोपाल सेढाइँले, महानगरपालिकाबाट अस्पतालले नियमित सहयोग प्राप्त गरिरहेको बताउँदै यो सहयोगबाट अस्पतालको सेवा व्यवस्थापनमा सहज भएको धारणा राखे । कार्यक्रममा उनीहरूले महानगरपालिकाबाट नियमित साथ आवश्यक रहेको उल्लेख गरे ।

महानगरपालिकासँगै वडा कार्यालयले पश्चिम क्षेत्रबाट अस्पताल आउने मार्ग खुलाउन सहयोग गरेको वडाध्यक्ष प्रेम थापाले जानकारी दिए ।

महानगरपालिकाले स्वास्थ्य प्रवर्धन केन्द्रहरूबाट प्रवाह हुने विशेषज्ञ स्वास्थ्य सेवाका लागि अस्पतालसँग थप सहकार्यको योजना रहेको स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले जानकारी दिए । ‘अस्पतालको सेवा व्यवस्थापनमा महानगरपालिकाको हक लाग्ने गरी सहयोग प्रदान गरेका छौँ । यसबाट महानगर बासीलाई लाभ हुनेछ ।’ के. सी. को भनाइ थियो ।

महानगरपालिकाले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भेन्टिलेटर मेसिनहरू, त्यसपछि सिटी स्क्यान मेसिन, अस्पतालको वेड क्यु सिस्टम व्यवस्थापन प्रणाली लगायत सहयोग उपलब्ध गराएको छ ।

0 Comments