काठमाडौँ । १८ जेठमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ ।
उनको ठाउँमा नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरुवा गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्डमा रहेका कोइरालालाई १८ जेठमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा गरिएको थियो ।
एक ठाउँको इन्चार्जको कमान्ड गरिरहेका व्यक्तिलाई सोझै अर्को ठाउँको इन्चार्जको रूपमा सरुवा नगरिने नेपाल प्रहरीको सरुवा मापदण्डमा उल्लेख गरिएको छ । कोइरालाको सरुवा गर्दा इन्चार्ज टु इन्चार्ज सरुवा गरेर मापदण्ड मिचिएकाले उनको ठाउँमा काफ्लेलाई ट्राफिकको इन्चार्ज बनाएर पठाइएको स्रोतले बताएको छ ।







