काठमाडौँ । लगातार घट्दो प्रवृत्तिमा रहेको सेयर बजार शुक्रबार पनि ओरालो लागेको छ। अघिल्लो कारोबार दिन १३ अंकले घटेको बजार यस दिन थप ११.३७ अंकले घटेको हो।
कारोबार सुरु भएदेखि अन्तिम समयसम्म बजारले सकारात्मक लय समात्न नसकेको देखिएको छ। दिनभरको कारोबारमा ७४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १८४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांक छ।
बजार सूचक घटे पनि कारोबार रकम भने वृद्धि भएको छ। अघिल्लो दिन ४ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार सो रकम बढेर ५ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।
समूहगत प्रदर्शनतर्फ फाइनान्स उपसमूह सबैभन्दा बढी २।७७ प्रतिशतले उकालो लागेको छ। यससँगै फाइनान्स समूहको सूचक चैत १५ यताकै उच्च विन्दुमा पुगेको छ।







