२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक गाउँपालिका उपाध्यक्षसहित १० जना निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्न सिफारिस

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीले जिल्लाका एक गाउँपालिका उपाध्यक्षसहित १० जना निर्वाचित जनप्रतिनिधिलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाउन पार्टी केन्द्रसमक्ष सिफारिस गरेको छ।

राजविराजमा सम्पन्न पार्टीका केन्द्रीय कमिटी सदस्यहरूको बैठकले प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको निष्कर्ष निकाल्दै सम्बन्धित जनप्रतिनिधिमाथि कारबाहीको प्रस्ताव गरेको जनाएको छ। पार्टीका अनुसार उक्त गतिविधिले निर्वाचन परिणाममा प्रतिकूल प्रभाव पारेको ठहर गरिएको छ।

कारबाहीका लागि सिफारिस गरिएकामध्ये छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष राजोदेवी यादव रहेकी छन्। त्यस्तै, छिन्नमस्ता गाउँपालिका–१ का वडाध्यक्ष ललन यादव, वडा नं. ६ का कपलेश्वर साह, राजविराज नगरपालिका-७ का सुभाष यादव, वडा नं. ८ का जयनारायण मण्डल तथा वडा नं. १० का गंगाराम खंग पनि सिफारिसको सूचीमा परेका छन्।

यसैगरी, विष्णुपुर गाउँपालिका-१ का वडाध्यक्ष बलराम यादव, रूपनी गाउँपालिका–२ का सरोज यादव, तिलाठी कोइलाडी गाउँपालिका–४ का मुनिलाल मुखिया तथा सुरुंगा नगरपालिका-१ का छत्रबहादुर राउतलाई समेत पदमुक्त गर्न प्रस्ताव गरिएको छ।

बैठकले सम्बन्धित जनप्रतिनिधिहरूले पार्टीको हितविपरीत कार्य गर्दै निर्वाचनमा पार्टी उम्मेदवारलाई पराजित गराउन भूमिका खेलेको आरोप पुष्टि भएको दाबी गरेको छ। त्यसै आधारमा कानुनी प्रावधानअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउन पार्टी केन्द्रलाई आग्रह गरिएको जनाइएको छ।

पार्टीका केन्द्रीय सदस्य गोविन्द न्यौपाने का अनुसार पार्टीविरुद्धको गतिविधिमा संलग्न भएको निष्कर्षपछि निर्वाचन आयोगमार्फत कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा केन्द्रलाई सिफारिस गरिएको हो।

बैठकमा पार्टीका मधेश प्रदेश इन्चार्ज महेन्द्र राय यादव, सहइन्चार्ज विश्वनाथ साह तथा सहसंयोजक सुधिर साह को सहभागिता रहेको थियो।

उक्त बैठकले संगठनात्मक व्यवस्थापनसँग सम्बन्धित अर्को निर्णयसमेत गरेको छ। पार्टीका केन्द्रीय सदस्य सूर्यनाथ यादव का अनुसार जिल्लाका सबै १८ स्थानीय तहमा संगठन समायोजनको काम आगामी असार १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरिएको छ।

0 Comments