२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै

अ+ अ-

ढोरपाटन (बागलुङ) । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले स्वरुप परिवर्तन (मोडिफाइ) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल चालकलाई कारबाही गरेको छ । 

बागलुङ बजार क्षेत्रमा पछिल्लो समय रातिको समयमा मोटरसाइकल चालकले चर्को आवाज निकालेर ध्वनी प्रदूषण गर्दै आएका जनगुनासो बढेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चालकलाई कारबाही गर्ने अभियान चलाएको हो ।

पछिल्लो दुई दिनमा १० वटा मोटरसाइकल नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ नायब निरीक्षक मीनबहादुर कुँवरले बताए। उनका अनुसार जथाभावी रूपमा साइलेन्सर, लाइट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिललगायत पुर्जालाई परिवर्तन गरेको पाइएपछि कारबाही गरिएको हो ।

स्वरूप परिवर्तन गरी चलाइएका सवारीसाधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले त्यस्ता सवारीसाधनलाई कारबाही गरिएको प्रमुख वरिष्ठ नायब निरीक्षक कुँवरले बताए। कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्डअनुरूप राख्न लगाइएको उनको भनाइ छ ।

कुँवरले भने, “बजार क्षेत्रमा चर्को आवाजमा मोटरसाइकल चलाउँदा ध्वनी प्रदूषण हुने गरेको छ । प्रायजसो रातिको समयमा जथाभावी रूपमा चर्को आवाज निकालेर मोटरसाइकल चलाउने जनगुनासो आएपछि प्रहरीले सक्रियता बढाएको हो । हामीले यसभन्दा अगाडि पनि सात वटा मोटरसाइकल नियन्त्रणमा लिएर रु ५२ हजार राजस्व उठाएका थियौँ ।”

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारीसाधनको स्वरूप परिवर्तन गरी सवारीसाधन चलाउँदा रु सात हजारदेखि रु १५ हजारसम्म जरिवाना लाग्ने व्यवस्था छ । गत साउन यता दुई हजार ९०० बढी मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको कुँवरले जानकारी दिए।

बागलुङ नगरपालिका-२ का कृष्ण श्रेष्ठले राति सुतेको बेला बन्दुक पड्काए जसरी आवाज आउने गरी मोटरसाइकल चलाउँदा निन्द्राबाट ब्युउँझिने र मुटु नै ढुकढुक हुने बताए । यसले वृद्धवृद्धा र बालबालिकालाई बढी असर पार्ने गरेकाले प्रहरीले त्यस्ता मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर कारबाही गर्न जरुरी रहेको उनको भनाइ छ ।

0 Comments