२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हालैको सार्वजनिक अभिव्यक्तिप्रति आश्चर्य व्यक्त गरेका छन्।

पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभएको आशय व्यक्त गरेपछि आफू अचम्मित भएको शर्माको भनाइ छ।

पूर्व कार्यवाहक सभापति खड्काले आइतबार सामाजिक सञ्जालमार्फत सभापति गगन थापासँग पछिल्लो ३१ दिनदेखि औपचारिक संवाद नभएको उल्लेख गरेका थिए। तर पार्टीभित्रका केही नेताहरूका अनुसार सहमति निर्माणका लागि निरन्तर छलफल भइरहेको दाबी गरिएको छ।

कार्यसम्पादन समितिका एक सदस्यका अनुसार सभापति थापाले सहमतिका लागि सात बुँदे प्रस्ताव खड्कासमक्ष पठाइसकेका छन्। ती प्रस्तावबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया नआएको पनि उनले बताए।

यसबीच, उपसभापति शर्माले जेठ २२ गते खड्काको निवासमै पुगेर करिब तीन घण्टा लामो छलफल गरेका थिए। सो छलफलमा पनि सात बुँदे प्रस्तावलाई आधार बनाएर सहमति खोज्ने प्रयास गरिएको बताइएको छ।

यस्तै, आइतबार (जेठ २४) सभापति थापा र उपसभापति शर्माबीच अर्को पक्षसँग सहमति निर्माणका सम्भावनाबारे थप छलफल भएको जनाइएको छ।

यद्यपि, सहमतिको प्रक्रियामा रहेका बुँदाबारे उपसभापति शर्माले विस्तृत विवरण सार्वजनिक गर्न चाहेका छैनन्। उनले सहमति निर्माणका लागि संवाद निरन्तर आवश्यक रहेको मात्र संकेत गरेका छन्।

0 Comments