२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमामा गरिएको चेकजाँचमा १३ जना चालक तथा पैदल यात्री लागु औषध प्रयोगमा संलग्न फेला

अ+ अ-

काठमाडौँ। विराटनगरको सीमावर्ती रानी क्षेत्रमा गरिएको सवारी तथा व्यक्तिको स्वास्थ्य परीक्षणका क्रममा १३ जना सवारी चालक तथा एक पैदल यात्री लागु औषध सेवन गरेको अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको ‘लागु औषध विरुद्धको महाअभियान’ अन्तर्गत सोमबार दिउँसो विराटनगर महानगरपालिका–१६ स्थित सीमा क्षेत्रमा संयुक्त रूपमा चेकजाँच गरिएको थियो। उक्त अभियानमा जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय रानीको टोली परिचालित थियो।

चेकजाँचका क्रममा १२ जना सिटी सफारी चालक र एक अटो टेम्पो चालकले लागु औषध सेवन गरेको पुष्टि भएको प्रहरीले जनाएको छ। साथै शंकास्पद अवस्थामा रहेका एक पैदल यात्रीमा पनि लागु औषध प्रयोग भएको पाइएपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार लागु औषध सेवन गरी सवारी चलाएको अवस्थामा फेला परेकालाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइएको छ। उनीहरू सबैलाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पैदल यात्रीलाई पनि सोही प्रक्रियामा अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये विराटनगरका विभिन्न वडाका चालक तथा अन्य स्थानीय तहका व्यक्तिहरू रहेका छन्। प्रारम्भिक अनुसन्धानपछि उनीहरूविरुद्ध लागु औषध प्रयोग तथा सवारी सञ्चालनसम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

0 Comments