२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी सुदृढीकरणका लागि सुधार र आत्मपरिवर्तन आवश्यक’ : रास्वपा महामन्त्री शाह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले पार्टीलाई संस्थागत रूपमा अझ मजबुत बनाउन आन्तरिक सुधार र रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

कोशी प्रदेशमा जारी रास्वपाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी अझै पूर्ण रूपमा स्थापित हुने चरणमै रहेको उल्लेख गर्दै नेता तथा कार्यकर्ताले व्यक्तिगत लाभभन्दा संगठन निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

उनका अनुसार अधिवेशनहरू पद वितरणका औपचारिक अभ्यास मात्र नभई संगठनलाई पुनर्संरचना गर्ने, नीति–व्यवहार सुधार गर्ने र संरचनागत रूपमा बलियो बनाउने निरन्तर प्रक्रिया हुन्।

शाहले पद प्राप्ति वा नपाउनुमा असन्तोष पाल्नुको सट्टा संगठनको समग्र हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

उनले कोशी प्रदेशमा सभापति पदका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको प्रसंग उल्लेख गर्दै आकांक्षा बढ्दै जाँदा पनि व्यक्तिगत निराशाभन्दा संस्थागत लक्ष्यलाई प्राथमिकता दिनुपर्ने बताए।

राजनीतिमा शुद्धता र अनुशासन कायम गर्न व्यक्तिगत सुधार अनिवार्य भएको बताउँदै उनले प्रत्येक सदस्यले आफूलाई समयअनुसार परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औँल्याए।

महामन्त्री शाहले आगामी निर्वाचनलाई ध्यानमा राख्दै अधिवेशनपछि संगठनात्मक तयारीलाई तीव्र बनाउनुपर्ने उल्लेख गरे। संघीय तहमा पार्टीले प्राप्त गरेको सफलतालाई आधार मानेर कोशी प्रदेशका सबै स्थानीय तह र प्रदेश निर्वाचन क्षेत्रमा पनि परिणाममुखी सफलता हासिल गर्नुपर्ने उनको भनाइ थियो।

0 Comments