१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, प्रमाणसहित उपस्थित हुन आग्रह

अ+ अ-

काठमाडौँ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार सार्वजनिक गरिएको नामावलीमा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका १२ जना र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १२० जना ऋणी समावेश छन्। उक्त नामावली २०८३ वैशाख २३ गतेको समितिको निर्णयअनुसार सार्वजनिक गरिएको जनाइएको छ।

समितिले उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको नामावली तयार गरी सार्वजनिक गरेको जनाएको छ। यस क्रममा विगतमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यस्तै, ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको दायित्व पूरा नगरेमा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समितिले समस्याग्रस्त सहकारी संस्थामा रहेको रकम असुली प्रक्रिया प्रभावकारी बनाउने, बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी क्षेत्रप्रति विश्वास कायम राख्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।

सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरूको व्यवस्थापन, सम्पत्ति संरक्षण तथा बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई व्यवस्थित बनाउन समस्याग्रस्त सहकारी व्यवस्थापन समिति मार्फत विभिन्न कदम अघि बढाउँदै आएको छ।

ऋणीहरुको विवरण_p7980u8.pdf drive.google.com
0 Comments