२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपा सांसद कार्कीले भने- ‘पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा ?’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन तथा सञ्चालनमा देखिएको बेथितिबारे प्रतिनिधि सभामा प्रश्न उठाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले विश्वविद्यालयको वास्तविक सञ्चालन केन्द्रबारे नै अन्योल रहेको टिप्पणी गरे।

“पूर्वाञ्चल विश्वविद्यालय कहाँ छ ? गोठगाउँमा छ कि विराटनगरमा ? हेर्दा थाहा पाउन नै गाह्रो भइरहेको छ,” उनले भने, “अहिलेसम्म पनि केही डिनका कार्यालय र परीक्षा व्यवस्थापन कार्यालय विराटनगरबाट सञ्चालन भइरहेका छन्।”

कार्कीले विश्वविद्यालयअन्तर्गत रहेको शिक्षण अस्पतालको अवस्था पनि चिन्ताजनक रहेको बताए। स्थानीयवासीले अस्पतालमा चिकित्सक नियमित रूपमा नआउने र नबस्ने गुनासो गर्ने गरेको उल्लेख गर्दै उनले त्यसका कारण बिरामीको आकर्षणसमेत घटेको बताए।

“स्थानीयवासी भन्छन्, डाक्टर आउँदैनन्, बस्दैनन्, त्यसैले बिरामीहरू पनि आउँदैनन्। डाक्टरहरू भने आईसीयू र भेन्टिलेटरजस्ता आधारभूत सुविधा नभएको गुनासो गर्छन्,” उनले भने।

उनले पूर्वाञ्चल विश्वविद्यालयका समस्या केवल आर्थिक अभावका कारण मात्र नभई व्यवस्थापकीय कमजोरीका कारण पनि उत्पन्न भएको बताए। विश्वविद्यालयको बेथितिले मोरङ मात्र नभई कोशी प्रदेश र समग्र देशकै प्रतिष्ठामा असर पुगेको उनको भनाइ थियो।

“पूर्वाञ्चल विश्वविद्यालयको बेथितिले मोरङ क्षेत्र नम्बर ३ र ४, कोशी प्रदेश तथा समग्र नेपालकै स्वास्थ्य क्षेत्रलाई लज्जित बनाएको छ,” उनले भने, “यस विषयमा सरकारको गम्भीर ध्यान जाओस् भन्ने अपेक्षा र विश्वास व्यक्त गर्दछु।”

0 Comments