२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असार महिनाका लागि ६ बैंकको घट्यो ब्याजदर

अ+ अ-

काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार जेठको तुलनामा असारमा निक्षेपको ब्याजदर घटेको हो ।

११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर स्थिर राखेका छन् । ६ वटा बैंकले ब्याजदर घटाएका छन् । यिनमा लक्ष्मी सनराइज, एनआइसी एसिया, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम, हिमालयन, एनएमबी बैंक छन् ।

असारमा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दतीमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ । एनएमबी र राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर दिने भएका छन्। जेठमा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यस्तो औसत ब्याजदर ४.२७ प्रतिशत छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सबैभन्दा कम ३.९५ प्रतिशत मात्रै ब्याजदर पाइने भएको हो । बैंकहरूले रेमिट्यान्स खातामा व्यक्तिगत मुद्दती खातामा भन्दा एक प्रतिशत बढी ब्याज दिन्छन्  ।

लामो समयदेखि नै बैंकहरूसँग कर्जा लगानी योग्य रकम उच्च भएपछि बैङ्कहरूको ब्याजदर घटिरहेको छ । हाल  बैंक हरूसँग करिब १३ खर्ब भन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ । कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले तीन प्रतिशत र २.५० प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूसँग ८० खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन छ भने यसमध्ये ५९ खर्ब १५ अर्ब कर्जा लगानी गरेका छन् । मासिक रूपमा दुई खर्बभन्दा बढी रेमिटेन्स भित्रिरहेकोले पनि बैंकहरूमा निक्षेप बढेको हो ।

0 Comments