१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असारका लागि नयाँ बैंकहरूको ब्याजदर सार्वजनिक, कुन-कुनले घटाए ब्याजदर ? 

अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । उनीहरूले सार्वजनिक गरेको विवरणअनुसार धेरैजसो बैंकहरुले ब्याजदर घटाएका छन् । २० वटा वाणिज्य बैंकहरूको औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव २७ प्रतिशत कायम भएको छ ।

जेठमा औसत व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ४ दशमलव ३४ प्रतिशत थियो । त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ३ दशमलव १८ प्रतिशत कायम भएको छ । जेठमा ३ दशमलव २० प्रतिशत थियो । असार महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १३ बैंकले जेठ महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।

ब्याजदर घटाएको कुमारी बैंकले असारमा व्यक्तिगत मुद्दती निक्षेपमा ३ दशमलव ९१ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४ प्रतिशत, एनएमबि बैंकले ४ दशमलव ७५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ दशमलव ९५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत र एनआईसी एसिया बैंकले ४ प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा ४ दशमलव ७५ प्रतिशत, नबिल बैंकले ४ दशमलव ५५ प्रतिशत, प्रभु बैंकले ४ दशमलव ५५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ४ दशमलव ५० प्रतिशत, माछापुच्छ्रे बैंक ४ दशमलव ५० प्रतिशत, सानिमा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ दशमलव ५० प्रतिशत, नेपाल बैंकले ४ दशमलव २५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४ दशमलव २५ प्रतिशत, कृषि विकास बैंकले ४ दशमलव १५ प्रतिशत, सिटिजन्स बैंकले ४ दशमलव १० प्रतिशत, एभरेष्ट बैंकले ४.०५ प्रतिशत र सिद्धार्थ बैंकले ४ दशमलव ०५ प्रतिशत ब्याजदर कायम गरेको बैंकले जनाएको छ । 

0 Comments