२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सवका अवसरमा आयोगका पूर्वअध्यक्ष उमेश प्रसाद मैनाली सम्मानित भएका छन्।

आयोगको वार्षिकोत्सव समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मैनालीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन्। आयोगले संविधानले निर्धारण गरेको विस्तारित जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा योग्यता, निष्पक्षता र स्वच्छताका आधारभूत मूल्य(मान्यतालाई संस्थागत रूपमा सुदृढ बनाउन उनले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरिएको जनाएको छ।

आयोगका अनुसार मैनालीले अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा सार्वजनिक सेवामा योग्य जनशक्ति छनोटको संवैधानिक प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउन भूमिका निर्वाह गरेका थिए। कर्मचारी छनोट प्रक्रियामा निष्पक्षता, पारदर्शिता र प्रतिस्पर्धात्मक प्रणालीको प्रवर्द्धनमा उनको योगदान रहेको आयोगको भनाइ छ।

आयोगले अवकाशपश्चात् पनि संस्थाको गरिमा, विश्वसनीयता र जनविश्वास अभिवृद्धिका लागि उनले निरन्तर योगदान पुर्‍याउँदै आएको उल्लेख गरेको छ। सार्वजनिक प्रशासन र मानव संसाधन व्यवस्थापनका क्षेत्रमा उनको अनुभव तथा सक्रिय सहभागिताले आयोगसँग सम्बन्धित विषयमा निरन्तर मार्गदर्शन प्रदान गरेको आयोगले जनाएको छ।

सम्मान कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वार्षिकोत्सवका अवसरमा आयोगले आफ्नो संस्थागत विकास, सेवा प्रवाह र सार्वजनिक सेवामा योग्य जनशक्ति छनोटसम्बन्धी योगदानको समेत समीक्षा गरेको थियो।

लोक सेवा आयोगले सम्मानित मैनालीको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको सक्रिय, स्वस्थ र दीर्घ जीवनको कामना गरेको छ।

0 Comments