२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनियमितता र प्रतिनिधि विवादबीच रास्वपा कर्णाली अधिवेशन रोक्न सभापति उम्मेदवारको उजुरी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत भइरहेको निर्वाचन प्रक्रिया रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरिएको छ। सभापतिका उम्मेदवारमध्ये एक नन्दकिशोर बस्नेत (एनके) ले अधिवेशन स्थगनको माग गर्दै औपचारिक उजुरी पठाएका हुन्।

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार बिहानदेखि नयाँ प्रदेश समिति चयनका लागि मतदान प्रक्रिया सुरु भए पनि त्यसअघि नै विवाद सतहमा आएको थियो। प्रतिनिधि छनोटदेखि उम्मेदवार सूचीसम्म विभिन्न अनियमितता भएको दाबी गर्दै निर्वाचन स्थगनको माग गरिएको हो।

उजुरीमा फर्जी मतदाता प्रतिनिधिका रूपमा समावेश गरिएको, दर्ता नभएका व्यक्तिहरूलाई अन्तिम नामावलीमा राखिएको तथा उम्मेदवार सूची तयार पार्ने प्रक्रियामा त्रुटि भएको आरोप लगाइएको छ। साथै, सभापतिका अर्का उम्मेदवार मदन खड्काले प्यानल बनाएर सूची वितरण गरेको विषय पनि उजुरीमा उल्लेख गरिएको छ।

यसअघि आइतबारदेखि सुरु भएको अधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण मतदान प्रक्रिया अघि बढ्न सकेको थिएन। विवादित करिब ३०० भन्दा बढी प्रतिनिधिलाई यथावत राखेर निर्वाचन अघि बढाइएको बस्नेतको दाबी छ।

बस्नेतले निर्वाचन समिति तथा सहमहामन्त्री विपिन आचार्यलाई यसबारे जानकारी गराइसकेको र औपचारिक रूपमा ई–मेलमार्फत उजुरी पठाइएको बताएका छन्।

Leave a Reply