२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अन्तर्वार्ताको चरणमा प्रवेश 

अ+ अ-

काठमाडौँ । देशका आठ विश्वविद्यालयका उपकुलपति चयनका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म हुने भएको छ ।

उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचनामार्फत उम्मेदवारहरूको मूल्याङ्कन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १३ गते हुनेछ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय का लागि असार १४ गतेको समय निर्धारण गरिएको छ । पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का उम्मेदवारहरूको मूल्याङ्कन असार १५ गते हुने जनाइएको छ ।

समितिले उम्मेदवारहरूलाई तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगाडि आवश्यक सक्कल प्रमाणपत्र तथा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ ।

यसअघि गत वैशाख २५ गते नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनमध्ये अध्ययन तथा मुल्यांकनपछि छनोट सूचीमा परेका उम्मेदवारहरूबाट अब प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत थप मुल्यांकन गरिने भएको हो ।

विशेषज्ञ समूहबाट प्राप्त मुल्यांकनका आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम तय गरी कुलपतिसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ । अध्यादेशमार्फत तत्कालीन उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदमा नयाँ नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।

0 Comments