२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री डा. वाग्लेले आर्थिक नीतिमा नयाँ सोच अघि सारेको रास्वपा सांसद अन्सारीको दाबी

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले नेपालको आर्थिक नीति र सोचमा नयाँ बहसको आधार सिर्जना गरेको बताएका छन्।

प्रतिनिधि सभामा बजेटमाथिको छलफलका क्रममा बोल्दै अन्सारीले नेपालका विभिन्न राजनीतिक नेताहरूले आ-आफ्नो समयमा वैचारिक तथा नीतिगत परिवर्तनको नेतृत्व गरेको उल्लेख गरे। उनका अनुसार बीपी कोइराला, मदन भण्डारी र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक अभ्यासमा महत्वपूर्ण मोड ल्याएका व्यक्तित्व हुन्।

अन्सारीले ‘प्याराडाइम सिफ्ट’ अर्थात् स्थापित सोच र अभ्यासमा आउने गुणात्मक परिवर्तनको अवधारणालाई उल्लेख गर्दै यसलाई अमेरिकी दार्शनिक थोमस कुहनले प्रतिपादन गरेको बताए।

उनले बीपी कोइरालाले लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाएको, मदन भण्डारीले जनताको बहुदलीय जनवादको अवधारणा अघि सारेको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समावेशिता, संघीयता र नागरिक अधिकारसम्बन्धी नयाँ राजनीतिक विमर्शलाई संस्थागत बनाउन भूमिका खेलेको धारणा राखे।

अन्सारीले वर्तमान बजेटले पनि आर्थिक क्षेत्रमा नयाँ सोच र दृष्टिकोण प्रस्तुत गरेको जिकिर गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई परिवर्तनमुखी आर्थिक चिन्तनका प्रतिनिधि पात्रका रूपमा प्रस्तुत गरे।

छलफलका क्रममा उनले सांसदहरूलाई आर्थिक तथा नीतिगत जिज्ञासाको समाधान खोज्न अर्थमन्त्रीसँग संवाद गर्न सुझाव दिँदै वर्तमान बजेटमार्फत नयाँ आर्थिक दृष्टिकोण प्रस्तुत भएको दाबी गरे।

0 Comments