२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको भविष्यबारे राष्ट्रिय बहस गर्न ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुँदै

अ+ अ-

काठमाडौँ । नेपालको दीर्घकालीन विकास, नीतिगत सुधार, आर्थिक सम्भावना तथा भविष्यका अवसर र चुनौतीमाथि गहन बहस गर्ने उद्देश्यसहित ‘नेपाल फ्युचर फोरम २०२६’ आयोजना हुने भएको छ।

नेपाल फ्युचर फोरमद्वारा आयोजित पहिलो वार्षिक सम्मेलन आगामी शुक्रबार, जुन १९ मा काठमाडौँको भृकुटीमण्डपमा स्थित नेपाल प्रहरी क्लबको द ब्लु प्याभिलियनमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रम भौतिक उपस्थितिका साथै अनलाइन लाइभस्ट्रिममार्फत पनि सार्वजनिक रूपमा प्रसारण गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य फोरमका संयोजक अब्दुस मियाले गर्नेछन्। उद्घाटनपछि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थशास्त्री डा. प्रकाश श्रेष्ठ ले “नेपालको आर्थिक सम्भावना : सन् २०३५ सम्मको समृद्धिको दृष्टिकोण” विषयमा प्रमुख मन्तव्य प्रस्तुत गर्नेछन्। उनले लगानी, व्यापार, जलविद्युत्, उद्यमशीलता र नवप्रवर्तनका माध्यमबाट नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन्।

दिउँसो १२:१५ बजे “प्रविधि, कृत्रिम बुद्धिमत्ता र नेपालको डिजिटल भविष्य” विषयक विशेष सत्र आयोजना हुनेछ। टेकपानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत बिजय तिमिल्सिनाको सहजीकरणमा सञ्चालन हुने उक्त सत्रमा क्षितिज रिमाल (संस्थापक, नेक्स्ट एआई), डा. दोवन राई (कृत्रिम बुद्धिमत्ता विशेषज्ञ), मनोज ग्यवाली (प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक) तथा रोमकान्त पाण्डेय (सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय) सहभागी हुने छन्।

दिउँसो १:४५ बजे वरिष्ठ पत्रकार तथा लेखक कनकमणि दीक्षित ले “नेपाल सङ्क्रमणमा : आउँदो दशकमा नेपालले के सही गर्नुपर्छ ?” विषयमा दोस्रो प्रमुख मन्तव्य दिने कार्यक्रम रहेको छ।

त्यसपछि दिउँसो २:३० बजे “लोकतन्त्र, सुशासन र राजनीतिको भविष्य” विषयक उच्चस्तरीय राजनीतिक संवाद सञ्चालन हुनेछ। रुपेश श्रेष्ठको सहजीकरणमा हुने उक्त सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिक, नेपाली काँग्रेसका सांसद निश्कल राई, नेकपा (एमाले) का सांसद क्षितिज थेबे तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपालको राजनीतिक भविष्य, सुशासन र लोकतान्त्रिक अभ्यासबारे आफ्ना धारणा राख्नेछन्।

दिउँसो ३:३० बजेदेखि सुरु हुने ‘फ्युचर टक्स’ अन्तर्गत विभिन्न क्षेत्रका उदीयमान युवा अगुवाहरूले आफ्ना विचार प्रस्तुत गर्नेछन्। यसअन्तर्गत डा. छिरिङ लामा ले “प्रतिस्पर्धी नेपालका लागि नवप्रवर्तन”, नवराज कुँवर ले “हल्लाको युगमा सत्यता : पत्रकारिता र लोकतन्त्र”, अनिल पोखरेलले “नेपालको अर्को ठूलो विपद् : के नेपाल तयार छ ?”, रवि किरण हमालले “पोस्ट जेनजेड राजनीति : व्यवधानबाट राष्ट्र निर्माणतर्फ”, आश्रा कुँवरले “संरक्षणको विरोधाभास : जलवायु परिवर्तन, अनमापित जोखिम र मानव-वन्यजन्तु द्वन्द्व” तथा माजिद अन्सारी ले “संशोधनको एजेन्डा : नेपालको संवैधानिक संरचना सुदृढीकरण” विषयमा प्रस्तुति दिने छन्।

आयोजकका अनुसार सम्मेलनले नीति निर्माता, अर्थविद्, प्रविधिविज्ञ, राजनीतिक नेतृत्व, व्यवसायी, युवा अगुवा तथा नागरिक समाजका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएर नेपालको भविष्यबारे सार्थक र परिणाममुखी संवादको वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ।

नेपाल फ्युचर फोरमले यो सम्मेलनलाई नेपालको आर्थिक, प्राविधिक, राजनीतिक र सामाजिक रूपान्तरणका लागि आवश्यक दीर्घकालीन सोच, नीतिगत बहस र सहकार्यलाई थप गति दिने महत्त्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।

Leave a Reply