काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत नेपाल विशेष सेवा, रा.प.अनं. द्वितीय श्रेणीका अनुसन्धान सहायक तथा अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजासम्बन्धी उजुरीमाथि निर्णय गर्दै साविक नतिजामा कुनै परिवर्तन नभएको जनाएको छ।
आयोगले आज जारी गरेको सूचनाअनुसार लिखित परीक्षा नतिजा प्रकाशित भएपछि चित्त नबुझाई पुनर्योग गरिपाऊँ भनी दिएका निवेदनमाथि कारबाही गर्दा पुनर्योग समितिले साविक नतिजा यथावत् राख्ने निर्णय गरेको हो।
आयोगका अनुसार अनुसन्धान सहायक पदका उम्मेदवार कृष्णकुमार मिश्र तथा अनुसन्धान अधिकृत पदका उम्मेदवार आभाष अधिकारीले दिएको पुनर्योग निवेदनमाथि समीक्षा गर्दा नतिजामा कुनै परिवर्तन आवश्यक नदेखिएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ ।









