२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी प्रशान्त महासागरमा अमेरिकी डुंगा आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागुऔषध तस्करीको आरोपमा डुंगा आक्रमण जारी रहेको बताउँदै पछिल्लो आक्रमणमा डुंगामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउदर्न स्पियर“ अपरेसन सुरु गरेको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध कार्टेलहरूसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताएका छन् । 

क्यारेबियन सागर र पूर्वी प्रशान्त महासागरमा भएको अमेरिकी आक्रमणमा  दुई सय भन्दा बढी मानिसहरूको मृत्यु भएको जनाइएको छ । 

अमेरिकी गुप्तचरले उक्त डुंगा पूर्वी प्रशान्त माहाशागरमा ज्ञात नार्को–तस्करी मार्गहरूमा पारगमन गरिरहेको र नार्को–तस्करी अपरेसनमा संलग्न रहेको पुष्टि गरेको  युएस साउदर्न कमान्ड (साउथकम) ले सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् । 

 यो आक्रमण यस हप्ताको दोस्रो आक्रमण थियो भने यस अघि मंगलबार भएको आक्रमणमा एक जना व्यक्तिको मृत्यु  हुनुका साथै अन्य दुई जना घाइते भएको जनाइएको छ । 

यद्यपी ट्रम्पको प्रशासनले आक्रमण गरेको प्रहार गरेको डुंगा लागुऔषध तस्करीमा संलग्न भएको निश्चित प्रमाण भने दिएको छैन ।

स्पष्ट रूपमा संयुक्त राज्य अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित गरी गरेका निरन्तरका अमेरिकी आक्रमण जन्य  घटनाहरू गैरन्यायिक हुने कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले बताएका छन् । 

Leave a Reply