२७ असार २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते

अ+ अ-

काठमाडौँ । जिल्ला नवलपरासी (पश्चिम)बर्दघाट नगरपालिका-२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

काठमाडौँबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०६६५ नम्बरको बसले चिसापानीमा यात्रु ओराली सडक मोड्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका-६ बस्ने ३० वर्षीया नेहा गुरुङको घाइते भइ उपचारका लागि चिसापानी अस्पताल पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घाइते हुनेमा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका-४ बस्ने ४८ वर्षीय लक्ष्मण ज्ञवाली र प्रतापपुर गाउँपालिका-९ बस्ने ३५ वर्षीय दिनानाथ चौधरी रहेका छन् । घाइतेमध्ये ज्ञवालीलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, रुपन्देही रिफर गरिएको छ भने अन्यको चिसापानी अस्पतालमा उपचार भइरहेको छ।

बसमा सवार १५ जनामध्ये ११ जना सकुशल रहेका छन् । दुर्घटनापछि ट्रक चालक धादिङ सिद्धलेक गाउँपालिका-३ बस्ने २३ वर्षीय विष्णु थापा मगरलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

Leave a Reply