२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट: सात जनाको मृत्यु, तीन घाइते

अ+ अ-

पेशावर । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थियो । घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारीसाधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ । दुवै विस्फोटमा तीन जना घाइते भएका छन् ।

घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन । तर सो क्षेत्रमा तहरिक–ए–तालिवान पाकिस्तान (टिटिपी) सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ ।

पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ । यता काबुलस्थित तालिवान सरकारले भने आफ्नो भूमि आतंकवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन् ।  

0 Comments