१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशकै पहिलो पोषणमैत्री बन्दै बडिगाड गाउँपालिका

अ+ अ-

गलकोट (बागलुङ) । बागलुङको बडिगाड गाउँपालिकाका सबै वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । सबै वडा पोषणमैत्री घोषणासँगै गाउँपालिका पनि पोषणमैत्री घोषणाको चरणमा छ । 

बडिगाड गाउँपालिका देशकै पहिलो पोषणमैत्री बन्ने तयारीमा जुटेको हो । देशभरको तथ्यांकअनुसार बागलुङको बडिगाड गाउँपालिका र स्याङ्जाको कालीगण्डकी गाउँपालिका पोषणमैत्री वडा घोषणा गरेर पालिका घोषणाको चरणमा पुगेका छन् । 

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले समेत सबै वडा पोषणमैत्री घोषणा गरिसकेकाले ती दुई मध्ये जसले पहिला घोषण गर्छ त्यो नै देशको पहिलो पोषणमैत्री गाउँपालिका हुने पोषण र बालमैत्री विषयका राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद चौबेले जानकारी दिए ।  

बडिगाड गाउँपालिकाले संघीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफलता पाएको पालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । 

थापाका अनुसार जेठ २८ गते बडिगाड गाउँपालिका–९ दर्लिङलाई पहिलो वडाको रूपमा घोषणा गरिएको र असार ५ गते सम्म सबै वडा घोषणा गरिएको छ । पोषणमैत्री गाउँपालिका निर्माणका लागि आवश्यक ३४ वटै सूचक पूरा भएपछि पोषणमैत्री वडा घोषणा भएको हो । 

बडिगाड गाउँपालिकामा तीन वर्ष यता पोषण सुधारमा थुप्रै काम भएको स्थलगत अनुगमनमा देखिएको र विभिन्न समूह गठनगरी पोषण सचेतना सहित आवश्यक सबै तयारी पूरा उपाध्यक्ष भिमसेन वनले जानकारी दिए। 

कार्यविधिले तोकेका ३४ वटै सूचक पूरा भइसकेको जिल्ला स्तरीय अनुगमन समितिले प्रमाणीकरणपश्चात् वडा घोषणा भएको वनको भनाइ छ । 

बडिगाड गाउँपालिकामा २०७९/०८० देखि गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा ल्याएर वडा–वडामा सहजकर्ता खटाउने, तालिम दिने, करेशावारी, भान्सा, गोठ सुधार सँगै रैथाने अन्नबालीको उपयोगमा जोड दिएपछि गाउँपालिका पोषणमैत्री बनेको हो । 

पालिकाभित्रका विद्यालयका विद्यार्थीलाई फाष्टफूड निषेध गरेर सातु, कोदोको हलुवा, खिर, चना र अण्डा लगायतका खाजा खुवाउन थालिएको छ । 

अहिले विद्यालयमा शुद्ध खानेपानीदेखि तौल गर्न स्वास्थ्य चौकी आएका बालबालिकालाई अण्डा उपहार समेत दिन थालिएको बडिगाड गाउँपालिका–१० स्थित दुर्गममा रहेको दर्लिङ आधारभूत स्वास्थ्य केन्द्रका भीमकुमारी बुढा मगरले जानकारी दिए।

बडिगाडका सबै विद्यालयमा पत्रु खाना (जंक फुड) लैजान रोक लगाइएको छ । विद्यार्थीले घरबाटै ल्याउनुपरेमा पनि पोषणयुक्त खाना मात्र विद्यालयमा ल्याउन पाइने नियम छ । विद्यालयबाहेकको समयमा पनि घर र समुदायमा पुगी पोषणयुक्त खानेकुराको महत्त्व र प्रयोगका बारेमा सचेतना जगाउने काम भइरहेको बडिगाड गाउँपालिका–१ का पोषण सहजकर्ता टीका गिरीले बताए। 

गाउँपालिकाका पोषणमैत्री घोषणा गर्न दसवटै वडामा पोषण प्रवर्द्धन तथा सुधारका गतिविधि सञ्चालन सम्पन्न भइसकेको छ । स्वास्थ्य, शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका र शासकीय प्रबन्धका क्षेत्रमा तोकिएका सूचक पूरा भएको  कार्यक्रमका संयोजक शेरबहादुर बुढाले बताए। 

 गाउँपालिकाभित्र रहेका ६९ टोल पूर्ण सरसफाइ युक्त घोषणा, सबै स्वास्थ्य संस्था समेत पोषणमैत्री बनिसकेको उनको भनाइ छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ल्याएको ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि–२०८०’ ले पोषणमैत्री स्थानीय तह घोषणाका लागि ३४ वटा सूचक तय गरेकामा सबै सूचकमा नतिजा हासिल भइसकेको छ । 

0 Comments