काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत भएका विकास कुमार चापागाईँविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
आयोगले उनीविरुद्ध ५० लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन तथा सम्पत्ति शुद्धीकरण ऐनबमोजिम मुख्य कसुरदारसरह सजायको माग दाबी गर्दै बुधबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको हो ।







