काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संस्थाभित्र हुने गरेका विभिन्न खाले आर्थिक अनियमितता, भ्रष्टाचार र बेथितिविरुद्ध प्रमाणसहित उजुरी दिन सर्वसाधारण तथा सरोकारवालाहरूमा सार्वजनिक आह्वान गरेको छ।
केन्द्रीय कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै अनियमितता र भ्रष्टाचारका विषयमा तथ्य र प्रमाणसहित ३५ दिनभित्र उजुरी दिन सरोकारवाला सबैमा आह्वान गरेको छ ।
उजुरी दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता जनाइएको छ । साङ्गठनिक एवं गतिविधि सञ्चालनका क्रममा विगतमा विभिन्न तहमा देखिएका बेथितिका कारण संस्थाको छवि र निष्ठामा नकारात्मक प्रभाव परेपछि रेडक्रसमा नयाँ तदर्थ समिति आएसँगै यस्तो कदम चालिएको पत्रमा उल्लेख गरेको छ ।







