काठमाडौँ । दाङको भालुवाङबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ नयाँ बसपार्क निवासी २८ वर्षीय योगेश पौडेल र आँपखोली निवासी २१ वर्षीय राज विश्वकर्मा यसरीलाई पक्राउ गरेको हो ।
राप्ती गाउँपालिका–१ आँपखोलीमा लागू औषध ब्राउन सुगर सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङले छापा मार्दा योगेश र राजलाई शंकास्पद अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।
योगेशको साथबाट कालो प्लास्टिकमा लुकाई–छिपाई राखिएको शुद्ध तौल ६२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको र दुवै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।







