काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–४ त्रिभुवन पार्क बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका १९ वर्षीय विज्ञान शर्मा तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
पीडित महिलाको अश्लील तस्बिर भिडियो दुरुपयोग गरी सामाजिक सञ्जाल डिसकोर्ड तथा टेलिग्राममा समेत पोष्ट गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्युरोबाट खटिएको प्रहरीले आज उनलाई पक्राउ गरेको हो ।
उनीउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







