१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२० वर्षपछि विवाह गर्ने किशोरीलाई झापा गाउँपालिकाको प्रोत्साहन

अ+ अ-

झापा । झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो ।

“सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास र समग्र भविष्यमा नकारात्मक असर पार्छ”, गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले भनिन्, “यसलाई रोक्न प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।” आदिवासीको बाहुल्य बसोबास रहेको यस पालिकामा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्नका लागि आगामी आर्थिक वर्षको बजेटमा रु २० लाख रकम विनियोजन गरिएको उनले जानकारी दिइन् । उनका अनुसार जसबाट करिब २०० किशोरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान गरिएको छ ।

प्रोत्साहन भत्तासम्बन्धी नीतिले किशोरीहरूलाई उमेर पुगेर मात्र विवाह गर्न आत्मबल र प्रेरणा दिने तथा समुदायमा बालविवाहविरुद्ध सचेतना फैलाउन मद्दत पुग्ने आशा लिइएको कार्यवाहक अध्यक्ष थपलियाले बताइन्। पालिकाले आव २०८३/८४ का लागि रु ५३ करोड ९३ लाख ९९ हजार अनुमानित बजेट प्रस्तुत गरेको छ । गत वर्षको तुलना आगामी आवमा रु दुई करोड ५१ लाख ५५ हजार ४६४ बढी बजेट आएको हो । यसैबीच, झापाका १५ वटै स्थानीय तहले बुधबार अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

0 Comments