६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङका पाँच पालिकाले ल्याए एक अर्ब ९० करोडभन्दा बढीको बजेट

अ+ अ-

मुस्ताङ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मुस्ताङका पाँच पालिकाले रु एक अर्ब ९० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् ।

 प्रस्तुत गरिएकोमध्ये सबैभन्दा बढी थासाङ गाउँपालिकाले रु ४३ करोड ६० लाख २२ हजार र सबैभन्दा कम लोघेकर दामोदर कुण्ड गाउँपालिकाले रु ३४ करोड १६ लाख ६४ हजार बराबरको बजेट सार्वजनिक गरेका हुन् ।

हिमाली जिल्ला मुस्ताङका पाँचै पालिकाले बुधबारसम्म गाउँसभा अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका हुन् । मुस्ताङ सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकाले आगामी आवका लागि रु ३९ करोड १४ लाख ९४ हजारको बजेट सार्वजनिक गरेको हो । 

उपाध्यक्ष जमुना थकालीद्वारा सार्वजनिक बजेटमा चालुतर्फ ६९ दशमलव ६८ प्रतिशत र पुँजीगततर्फ ३० दशमलव ३१ प्रतिशत बजेट विनियोजन भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले रु ३६ करोड ६५ लाख ११ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष छ्युमी विष्टले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४९ दशमलव ३१ प्रतिशत र पुँजीगततर्फ ५० दशमलव ६९ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङले रु ३७ करोड ४३ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गर्दै चालुतर्फ ५९ दशमलव ३९ प्रतिशत र पुँजीगततर्फ ४० दशमलव ६१ प्रतिशत रकम सार्वजनिक गरे । यसैगरी, लोघेकर दामोदर कुण्ड गाउँपालिकाले रु ३४ करोड १६ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष छिरिङ ल्हामो गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४० प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत रकम विनियोजन भएको हो ।

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले सबैभन्दा बढी रु ४३ करोड ६० लाख बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष सोमल हीराचनले प्रस्तुत गरेको बजेटमा चालु र पुँजीगततर्फ समान ५० प्रतिशत रकम विनियोजन भएको गाउँपालिकाले उल्लेख गरेको छ । मुस्ताङका पाँच स्थानीय तहले प्रस्तुत गरेका बजेटमा पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई केन्द्रमा राखिएको छ ।

0 Comments