१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा २७ वन्यजन्तुको उद्धार

अ+ अ-

दमौली (तनहुँ) । डिभिजन वन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८२/८३ मा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमअन्तर्गत २७ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ । उद्धार गरिएका वन्यजन्तुमध्ये छवटा मृतावस्थामा फेला परेका थिए भने २१ वटा जीवित वन्यजन्तुको सफल उद्धार गरिएको कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका तथा मानव बस्ती आसपास देखिएका वन्यजन्तुको उद्धार गरी आवश्यक व्यवस्थापन गरिएको हो । कार्यालयका अनुसार मृतावस्थामा उद्धार गरिएका वन्यजन्तुमा दुई वटा चितुवा, एक चरी बाघ, एक मृग, एक स्याल र एक भार्से रहेका छन् । यस्तै जीवित अवस्थामा उद्धार गरिएका वन्यजन्तुमा एक चरी बाघ, चार अजिङ्गर, १४ विभिन्न प्रजातिका सर्प तथा एउटा गिद्ध रहेका छन् ।

रानाभाटले वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्ने, घाइते हुने, दुर्घटनामा पर्ने तथा विभिन्न कारणले जोखिममा पर्ने घटना बढ्दै गएको अवस्थामा कार्यालयले उद्धार तथा व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताए। उनका अनुसार उद्धार गरिएका जीवित वन्यजन्तुको स्वास्थ्य अवस्था परीक्षण गरी उपयुक्त र सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको छ ।

“वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यालयको प्रमुख जिम्मेवारीमध्ये एक हो”, रानाभाटले भने, “उद्धार गरिएका वन्यजन्तुलाई आवश्यक उपचार तथा हेरचाहपछि सुरक्षित वासस्थानमा पुन:स्थापना गरिएको छ । यसले जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।”

उनले वन्यजन्तु देखिएमा, घाइते अवस्थामा फेला रेमा वा मानव बस्तीमा प्रवेश गरी जोखिम सृजना गरेमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे । समयमै सूचना प्राप्त हुँदा उद्धारकार्य प्रभावकारी बन्ने र मानव तथा वन्यजन्तु दुवैको सुरक्षा सुनिश्चित गर्न सहज हुने उहाँको भनाइ छ ।

तनहुँ जिल्लामा पछिल्ला वर्षहरूमा चितुवा, चरी बाघ, अजिङ्गर तथा विभिन्न प्रजातिका सर्प मानव बस्ती नजिक देखिने क्रम बढिरहेको छ । वन क्षेत्रको अतिक्रमण, वासस्थानमा आएको परिवर्तनका कारण वन्यजन्तु बस्ती क्षेत्रमा आउने गरेको उनको भनाइ छ । कार्यालयले वन्यजन्तु संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, उद्धार तथा व्यवस्थापनका गतिविधिलाई निरन्तरता दिएको जनाएको छ ।

0 Comments