१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

अ+ अ-

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारस्थित एक होटेलबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकास्थित झिलझिले क्षेत्रमा खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुबाट पटक–पटक जबरजस्ती करणी भएको, त्यसबाट गर्भ रहन गई शिशुको जन्म भएको र बाबुकै सल्लाहमा नवजात शिशुको शव गाडिएको बयान दिएपछि प्रहरीले नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरी आरोपितको खोजी थालेको थियो ।

प्रहरीका अनुसार आरोपित व्यक्ति रोल्पामा कामका लागि जाने भन्दै घरबाट निस्किएका थिए । आफूलाई खोजी भइरहेको थाहा पाएपछि उनी विभिन्न स्थानमा लुक्दै बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले असार ३ गते नै आरोपितलाई आफ्नै छोरीसँग होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । उनलाई झापा ल्याएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।

पीडित युवतीलाई भने हाल काकडभिट्टास्थित ‘आफन्त नेपाल’ को संरक्षणमा राखिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए । 

0 Comments