काठमाडौँ । जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-१४ खौसापुरस्थित सुन्दररानी सामुदायिक वन नजिकबाट २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय सचिन नेपालीलाई पक्राउ गरेको हो ।
उनको साथबाट शुद्ध तौल २९ ग्राम १४० मिलिग्राम ब्राउन सुगर, नगद २४ हजार ८५० रुपैयाँ, एक थान स्मार्टफोन र दुई थान मोबाइल बरामद गरिएको छ । पक्राउ परेका सचिन नेपाली यसअघि पनि लागू औषध मुद्दामा फरार रहेका प्रतिवादी हुन् । उनलाई इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखेर थप अनुसन्धान भइरहेको छ ।







