६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

अ+ अ-

ला ग्वाइरा, भेनेजुएला । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । 

सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् ।

काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् । 

संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भने, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन् ।”

राजधानी काराकास नजिकैको तटीय क्षेत्र ला ग्वाइरा सबैभन्दा बढी प्रभावित भएको छ । बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई ठूला भूकम्पले एकपछि अर्को गर्दै भवनहरूमा क्षति पुर्‍याएको थियो । 

आन्तरिक मन्त्री डियोस्डाडो काबेल्लोले टेलिभिजन सम्बोधनमा शुक्रबार राति ८ बजेदेखि क्षतिग्रस्त क्षेत्रमा प्रवेश प्रतिबन्धित गरिएको घोषणा गरेका छन् । 

चार वटा अग्ला भवन र सयौँ अपार्टमेन्ट रहेको ला ग्वाइराको एउटा आवासीय कम्प्लेक्समा अधिकांश भवनहरू लगभग पूरै ध्वस्त भएका छन् ।

“दुखद कुरा, भवन पूर्ण रूपमा भत्किएका छन् र बाँचेकाहरू भेट्टाउने सम्भावना निकै कम छ । अब हाम्रो प्रयास मृतकहरूको शव निकाल्नेमा केन्द्रित हुनेछ,” उद्धार टोली प्रमुख नाडियोमार पोलान्कोले भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको बताउँदै भने । 

अन्यत्र भने परिवारका सदस्यहरू, छिमेकीहरू र स्वयंसेवकहरूले आफ्नो खाली हातले बाँचेकाहरूलाई निकाल्ने प्रयास गरिरहेका छन् । उनीहरूले ठूला मेसिनरी सहयोग नभएकोमा दुःख व्यक्त गरेका छन् ।

“म मेरो सानो गाएललाई खोजिरहेको छु । ऊ मात्र पाँच महिनाको थियो,” ४० वर्षीया मार्जोस्ली सालाजारले दुःख व्यक्त गर्दै भने । भूकम्पमा परेकी उनकी अर्की १६ वर्षीया छोरी मृत अवस्थामा भेटिएकी थिइन् । सालाजारको छोरा र भतिजी दुवै बेपत्ता छन् ।

उनले भने, “हामीलाई यहाँ सहयोग चाहिएको छ । स्तम्भहरू उठाउन मेसिनहरू चाहिएका छन् । तर हामीले यहाँ कुनै एक जना पनि सरकारी अधिकारी देखेका छैनौँ ।” काराकासको एक उच्च वर्गीय समुदायको बसोबास रहेको काराकासको छिमेकमा पुग्दा कार्यवाहक राष्ट्रपति रोड्रिगेजविरूद्ध नारा लगाउँदै भग्नावशेषमुनि आफ्ना आफन्तहरू फसेका परिवारका सदस्यहरूको भीडले  आक्रोस पोख्यो । 

“सरकारले जनताका लागि केही पनि गरिरहेको छैन,” उनीहरूले भग्नावशेष भएको भवन नजिकको घेराबार पछाडिबाट चिच्याउँदै भने ।

0 Comments