१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामपन्थी सहकार्यमा ढिलाइ नगर्न ‘प्रचण्ड’को आग्रह, विलम्ब भए गम्भीर परिणाम आउने चेतावनी

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिहरूबीच यथाशीघ्र सहकार्यको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। उनले सहकार्यमा अनावश्यक विलम्ब भए मुलुकले गम्भीर राजनीतिक चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

जननेता मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे। भारतमा कम्युनिष्ट आन्दोलन कमजोर पारिएको प्रसंग उल्लेख गर्दै उनले नेपालमा पनि त्यस्तै उद्देश्यसहित विभिन्न गतिविधि भइरहेको आफ्नो धारणा व्यक्त गरे।

उनले पछिल्ला राजनीतिक घटनाक्रम र निर्वाचनपछिको अवस्थालाई त्यसैको परिणामका रूपमा व्याख्या गर्दै राष्ट्रिय स्वाधीनताको संरक्षण, निरंकुश प्रवृत्ति, फासिवादी सोच तथा वैदेशिक दबाबको प्रतिरोधका लागि वामपन्थी र देशभक्त शक्तिहरूबीच छिटो सहकार्य आवश्यक रहेको बताए।

‘प्रचण्ड’ले आफ्नो प्रस्ताव तत्काल पार्टी एकीकरणका लागि नभई सहकार्यका लागि भएको स्पष्ट पारे। संसद्, सडक तथा निर्वाचनजस्ता राजनीतिक गतिविधिमा साझा रूपमा अघि बढ्न सकिने उल्लेख गर्दै उनले परिस्थितिअनुसार सहकार्यको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने धारणा राखे।

सहकार्यको निर्णयलाई अनावश्यक रूपमा पछाडि धकेल्ने प्रवृत्ति उपयुक्त नहुने उल्लेख गर्दै उनले समयमै राजनीतिक समझदारी निर्माण गर्न नसकिए त्यसले मुलुकका लागि नकारात्मक परिणाम निम्त्याउन सक्ने चेतावनी दिए।

0 Comments