१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र, ६६ फार्मेसी निरीक्षण

अ+ अ-

काठमाडौँ । बजारमा ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक नक्कली औषधि फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले औषधि बजारको अनुगमनलाई तीव्र बनाएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा सार्वजनिक बिदाका दिनसमेत औषधि पसलहरूको अनुगमन निरन्तर सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

औषधि व्यवस्था विभागका अनुसार महाराजगञ्ज क्षेत्रमा १५, वीर अस्पताल तथा चाबहिल आसपास १८, पाटन–जावलाखेल क्षेत्रमा ११, बसपार्क-बालाजु क्षेत्रमा १४ तथा बनेपामा ८ गरी कुल ६६ वटा फार्मेसीमा निरीक्षण गरिएको छ।

अनुगमनका क्रममा बनेपास्थित एक औषधि पसलबाट ‘सेरोफ्लो रोटाक्याप्स २५०’ नामक २१ थान नक्कली औषधि बरामद गरिएको विभागले जनाएको छ। उक्त औषधि पसललाई तत्कालका लागि बन्द गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको विभागको भनाइ छ।

विभागका अनुसार निरीक्षणका क्रममा नवीकरण नगरी सञ्चालन भएका, म्याद नाघेका औषधि बिक्री गरिरहेका, फार्मासिस्टबिनै औषधि बिक्री–वितरण गरिरहेका तथा सरसफाइ र तोकिएका मापदण्ड पालना नगरेका १५ भन्दा बढी फार्मेसीलाई आवश्यक कारबाहीका लागि औषधि व्यवस्था विभाग, बिजुलीबजार, काठमाडौँमा उपस्थित हुन निर्देशन दिइएको छ।

औषधि व्यवस्था विभागले बजार अनुगमन आगामी केही दिनसम्म निरन्तर सञ्चालन हुने जनाएको छ। यसबाट उपभोक्ताले गुणस्तरीय र सुरक्षित औषधि सहज रूपमा प्राप्त गर्ने वातावरण बन्नुका साथै अवैध औषधि कारोबार नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागका अनुसार नक्कली औषधिको भण्डारण, आपूर्ति तथा अनधिकृत बिक्री-वितरणमा संलग्न व्यक्ति, संस्था तथा उत्पादकको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ।

साथै, सर्वसाधारणलाई औषधि खरिद गर्दा आधिकारिक रूपमा दर्ता भएका फार्मेसीबाट मात्र खरिद गर्न तथा औषधिको गुणस्तर वा प्रामाणिकताबारे कुनै शंका लागेमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन विभागले आग्रह गरेको छ।

0 Comments