काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै आंगिक क्याम्पसबाट दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन त्रिविले निर्देशन दिएको छ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आज सबै क्याम्पस प्रमुखलाई पत्राचार गर्दै विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार दलसम्बद्ध विद्यार्थी संगठनका संरचना हटाउन आग्रह गरेको हो।







